Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रविलाई व्यक्तिगत रुपमा चिन्दिनँ भन्दा यातना भोगिरहेकी एलिना

काठमाडौं– ‘द प्रकाश सुवेदी शो’को एउटा सेगमेन्ट छ– ‘कुन रुपमा चिन्नुहुन्छ?’
राजनीतिज्ञ तथा चर्चित सेलिब्रेटीको तस्बिर देखाएर गेस्टलाई प्रस्तोता प्रकाश सुवेदीले सोध्ने गर्छन्। सोमबार एपिवान टेलिभिजनबाट प्रसारित उक्त शोमा अतिथि थिइन् गायिका एलिना चौहान। प्रस्तोता सुवेदीले ‘कुन रुपमा चिन्नुहुन्छ?’ सेगमेन्टमा रवि लामिछानेको तस्बिर देखाए।

एलिनाले भनिन्, ‘खै उहाँलाई त त्यस्तरी चिन्दिनँ।’
प्रकाशले भने, ‘उहाँ चर्चित मान्छे हो यतिखेर।’ एलिनाले थपिन्, ‘चर्चा भए नि उहाँ रवि लामिछाने हो थाहा छ। तर व्यक्तिगत रुपमा चिनेको छैन उहाँलाई। त्यसकारण कुन रुपमा चिन्नुहुन्छ भन्दा कुनै पनि रुपमा चिन्दिनँ।’

उक्त शोमा एलिनाका सांगीतिक यात्रा र अनुभवबारे सुनाएका कुराको चर्चा सामाजिक सञ्जालमा भएन। बरु रवि लामिछानेलाई व्यक्तिगत रुपमा चिन्दिनँ भनेका कारण उनले सामाजिक सञ्जालमा गाली व्यहोर्नुपरिरहेको छ।

सामाजिक सञ्जालमा उनीमाथि रविलाई समर्थन गर्ने भीड खनिएको छ।
उसो त सुवेदीको यो शोले कलाकारलाई अनावश्यक विवादमा ल्याउन भने छाड्दैन। पूजा शर्मा, दीपाश्री निरौला वा सौगात मल्ल। सुवेदीका शोले निम्त्याएका विवादका पीडित पात्र हुन्।

एलिनाको आशय गलत थिएन। उसो त कसैले कसैलाई चिन्नुपर्छ भन्ने पनि छैन। व्यक्तित रुपमा रविलाई चिन्दिनँ भन्दा एलिनाले केही बिराएकी हैनन्।

तुच्छ गाली उनीमाथि बर्सिरहेका छन्। यो एलिनामाथिको दुर्व्यवहार हो।

यही गालीका कारण मानसिक तनाब व्यहोरिरहेकी एलिनाले फेसबुकमा बाध्य भएर लेख्नैपर्योि, ‘उक्त कार्यक्रमको ‘कुन रुपमा चिन्नुहुन्छ’ भन्ने सेगमेन्टमा रवि दाइको फोटो देखाएर कार्यक्रम सञचाचालकले उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहाँलाई पर्सनल्ली चाहिँ कुन रुपमा चिन्छु भन्नुपर्ने थियो। तर अहिलेसम्म देखभेट नभएको र इन्टर्भ्यू प्रोगाम नभएको हुनाले पर्सनल्लीचाहिं कुनै रुपमा चिन्दिनँ भनेर भनेकी थिएँ। रवि दाइ एक कुशल पत्रकार, समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमलाजीसँग सँगै कार्यक्रम परेको बेला चिनजान भएको र अन्तर्वार्ता पनि दिएको हुनाले पर्सनल चिन्छु भनेर भनेकी हुँ।’

एलिनाले कार्यक्रमभित्र भनेका अन्य कुरामाथि कुनै चर्चा नभको गुनासो पनि गरेकी छन्। टिकटकतिर सानो क्लिप काटेर अर्थको अनर्थ लगाएर गलत व्याख्या गर्दै हदैसम्म गाली गरेको भन्दै दुस्ख व्यक्त गरिन्। उनले आग्रह गरेकी छन्, ‘भावनामा बगेर भन्दा पनि कृपया पूरा हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला। एक पटक आँखा चिम्म गरेर सोच्नु त रु मैले त्यसरी गाली गर्नुपर्ने केही गरेकी छु ररु म हजुरहरूकै छोरी चेली दिदी बहिनी हो। त्यसैले त्यति तल झरेर गाली नगरिदिनुहोला। मैले जानि जानी कुनै गल्ती गरेकी छैन र कसैप्रति गलत धारणा राखेकी छैन। तर पनि मेरो कुराले कसैको भावनामा आँच पुगेको भए माफी चाहन्छु।’

तैपनि उनीमाथि नकारात्मक कमेन्ट बर्सन भने छाडेको छैन। नेपाल लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com