Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

नेपालको च्याम्पियन शैली

पपुवा न्युगिनी पिएनजी र मलेसियाविरूद्धको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल च्याम्पियन बनेको छ।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पिएनजीलाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।

नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.२ ओभरमा ११८ रनमा समेटिएको थियो।
पिएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे। उनले ५९ रन जोडे। करण केसीको बलमा अविनास बोहराबाट क्याच हुनुअघि उनले ३८ बलमा १ चौका र ६ छक्का हिर्काए।

पिएनजीका ओपनरद्वय लेगा सिएका र असद भाला ८.८ रनमा आउट भए। चार्ल्स अमिनी १५ रन, टोनी उरा ०, रिले हेकुरे ६ रन र नोर्मान भानुआ ० र चाड सोपर ७ रनमा आउट भए।

बलिङमा नेपालका लागि दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिन सफल भए।
दीपेन्द्रले पाँचौ ओभरको तेस्रो र चौथो बलमा लगातार विकेट लिएका थिए। उनले पिएनजीका कप्तान असद भालालाई ८ रनमा एबिडब्लूको धरापमा पार्दा टोरी उरालाई शून्यमा आउट गरे।

नेपालका कप्तान सन्दीप लामिछानेले पनि १३औं ओभरको तेस्रो र चौथो ओभरमा लगातार विकेट लिए। उनले रिले हेकुरेलाई ६ रन र नोर्मान भानुआलाई शून्यमा आउट गरे। सन्दीपले २ विकेट लिन सफल भए। उनले ४ ओभरमा २५ रन खर्चिए।
करण केसीले पनि ३ विकेट लिन सफल भए। करणले ३ ओभरमा २७ रन दिए।

त्यसअघि पिएनजीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन जोड्यो।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे। उनले नटआउट ५४ रन जोडे। टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका दीपेन्द्रले खेलमा ३८ बल खेलेर ५ चौका हिर्काए।

करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले १२ बलमा नटआउट ३३ रन जोडे। करणले ५ चौका र १ छक्का प्रहार गरे। करण र दीपेन्द्रबीच अन्तिम चार ओभरमा ५६ रनको साझेदारी भएको थियो।
नेपालका ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख २९ रनमा आउट भएका थिए।

रोहित पौडेलले २ रन भन्दा बढी जोड्न सकेनन्।
आसिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।
नेपालले १२औं ओभरमा तीन विकेट गुमाएको थियो। आसिफ पहिलो बलमा आउट भएका थिए। तेस्रो बलमा आरिफ शेख र पाँचौ बलमा दिलीप नाथ शून्यमा आउट भए। यो ओभरमा पिएनजीका सेमो कामिआले पाँच बलको अन्तरमा तीन विकेट लिएका थिए भने कुनै रन दिएनन्।

सेमोविरूद्ध पहिलो ओभरमा नेपालका ओपनर कुशल भुर्तेलले ३ चौकासहित १३ रन जोडेका थिए।
१६ औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रनमा आउट भए। उनले १३ बलमा १ चौका र १ छक्का हिर्काए। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com