Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पाकिस्तान : पेशावर सहरको मस्जिदमा बम विस्फोट, २८ जनाको ज्यान गयो

पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा बम विस्फोट हुँदा २८ जनाको ज्यान गएको छ ।
पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डाक्टर आजमका अनुसार मस्जिदमा आज सोमवार दिउँसो नमाजको समयमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको हो । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् । ६० जना घाइते भएकामा १० जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विस्फोटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन्।
पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताउनुभएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com