Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

दुई दिनमा काठमाडौं महानगरले भत्कायो १०० भन्दा धेरै अवैध संरचना

काठमाडौं महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरू गरेको हो।

सोमबार नयाँ बसपार्कबाट गोंगबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैका ५० बढी अवैध संरचना भत्काइएको थियो।
महानगरले यसअघि बानेश्वर कम्प्लेक्समा निर्माण भएका, काठमाडौं मलका, आरबी कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमकै अल्फाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइएको थियो।

यही सन्दर्भमा केही दिनअघि सानो भर्‍याङमा रहेको अवैध ७ टहरा पनि भत्काइएको छ।
नक्सा अनुरुप निर्माण नभएका, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्मण भएका सबै संरचना अवैध ठहर गर्दै महानगरले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काउने अठोट लिएको जनाएको छ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन भएको महानगरले जनाएको छ। ती सबैलाई कानुनी दायरामा ल्याउने पनि महानगरको भनाइ छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com