Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हुम्लामा बाढीले बगाउँदा एकजना बेपत्ता

भदौ,८ काठमाडौं । लगातार परेको वर्षासँगै आएको बाढीले हुम्लाको रिपखोलामा एकजना बेपत्ता भएका छन् । घर फर्किने वेला सर्केगाड गाउँपालिका -२ स्थित रिपगाड खोला तर्ने क्रममा बाढीमा परी ताजाकोट गाउँपालिका -४ गल्लावाडाका अन्दाजी ४५ वर्षीय नन्दऋषि जैसी बेपत्ता ‍भएको प्रहरीले बताएको छ ।

बेपत्ता भएका जैसीको खोजीका लागि प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । आज बिहान साढे ७ बजे बाढीमा परेर जैसी बेपत्ता भएको उनका भाइ जयधर्म जैसीले खबर दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com