Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नेत्रविक्रम चन्द’विप्लवको पार्टी चुनावमा सहभागि

काठमाडौं ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा महासचिव नेत्रविक्रम चन्द’विप्लव’ माओवादी आन्दोलन भन्दा बाहिर हुन नसक्ने बताए पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले विप्लवको पृष्ठभूमि र विरासतले पनि माओवादी भन्दा टाढा हुन नसक्ने ठोकुवा गरे ।

तर, चुनावमा कुन पार्टीलाई सहयोग गर्ने भन्ने विषयमा विप्लवले स्वतन्त्र रुपमा निर्णय गर्ने प्रचण्डले बताए। ‘विप्लव जी चुनावमा आउँने भनेर सबैसँग भेटघाट गरी राख्नु भएको छ। सबै पक्षसँग कुराकानी पनि भइ राखेको छ। तीन बुँदे सहमती केपी ओली र विप्लवसँग भएको त्यसलाई सकारात्मक रुपमा लिएर त्यतिबेला नै समर्थन गरेका थियौ’ प्रचण्डले भने,‘उहाँ –विप्लवहरु निर्वाचनमा आउँन चाहेको हुनाले निर्वाचनमा ल्याउन सकेसम्म हामी सबै मिलेर सकारात्मक वातावरण बनाउनु पर्छ ।

विप्लव चुनावमा आउनु भनेको नेपालको लोकतन्त्र, शान्ति प्रक्रियाका र जनताको समृद्धिको लागि सकारात्मक भएको प्रचण्डले बताए। विप्लवहरु चुनाव सार्न राष्ट्रपतिदेखि एमाले अध्यक्ष केपी ओली निवाससम्म पुगेको सूचना आफूलाई भएको प्रचण्डले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com