Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बसको ठक्करबाट मकवानपुरमा एक जना वृद्धाको मृत्यु

मंसिर,१७ काठमाडौं । मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७० वर्षीया कान्छीमाया घलानको मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चखेल मातातीर्थ सडकखण्ड अन्तर्गत काठमाण्डौबाट मकवानपुरका लागि छुटेको बा २ ख ७२७२ नम्बरको बसमा यात्रा गरिरहेकी घलानलाई बसबाट ओर्लँदा त्यही बसले किचेर गम्भीर घाइते बनाएको थियो ।

उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा रिफर गरिएको थियो । पछि थप उपचारका लागि बि एण्ड बि अस्पताल रिफर गरिएकोमा डाक्टरले मृत घोषित गरेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com