Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सुनको मूल्य यो वर्षकै उच्च

आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं ३ पछिकै उच्च विन्दु हो । त्यसदिन छापावल सुनको मूल्य एक लाख चार सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज यस्तै तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।आज चाँदीको प्रतितोला कारोबार मूल्य १३ सय ७५ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि नै मूल्य बढ्नुको प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ । यसअघि गत वर्ष साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन नेपाली बजारमा छापावल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार रुपैयाँ तोकिएको थियो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com