Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

एकआपसमा मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु

असोज,३१ काठमाडौं । झापाको बिर्तामोडमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-२ बेलडाँगीको भित्री सडकमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुइटै मोटरसाइकलका चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय अनिश साउँदेन र सोही गाउँपालिका वडा नम्बर ६ का मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार ४३ वर्षीय भोलाराज भुजेल रहेको प्रहरी कार्यालयले बताएको छ ।

उनीहरूको बिएन्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला भुजेल र ९ वर्षीया छोरी प्रशन्ना भुजेल घाइते भएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com