Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सवारी दुर्घटनामा परेर एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको निधन

जेठ, २४ काठमाडौं । सप्तरीमा भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी) का नेता रामनारायण चौधरीको निधन भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना.६ ख ६३९९ नम्बरको ट्रकले सोमबार साँझ ठक्कर दिएको थियो।

ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
सुरुङ्गा नगरपालिका बस्ने ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए।
उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com