Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पानीमा लामखुट्टेकाे लार्भा भेटिएपछि बूढानीलकण्ठकाे एक उद्योगलाई एक लाख रुपैयाँ जरिबाना

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले जारमा लामखुट्टेकाे लार्भा भेटिएपछि एक पानी उद्योगलाई जरिबाना तिराएकाे छ । 

बूढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै हिजाे एक लाख जरिबाना तिराइएकाे महानगरपालिकाले जनाएकाे हाे । 

महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले कम्पनीलाई  जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएकाे बताउनु ःभयाे । 

बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो । काठमाण्डाै महानगरपालिकाले गएकाे असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिबाना तिराएकाे थियाे । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com