Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

मृतक सबै एउटै गाउँका, शोकमा डुब्यो बुङ्गल

२ भदौ, धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका-५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबै बझाङका भएको खुलेको छ ।

कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका-८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक रणबहादुर विष्टकाअनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा बुङ्गल गाउँपालिका-८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् । मृतक मध्येका रैभान र चम्फा श्रीमानश्रीमती भएको खुलेको छ ।

उनीहरुसँगै भारत गइरहेका धनबहादुर जाग्री भने घाइते छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा वडाका पाँच जनाको मृत्यु भएपछि बुङ्गल गाउँपालिका–८ शोकमा डुबेको छ । बुधबार गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको उनीहरू सवार से१ज ५५१ नम्बरको जिप दिउँसो करिब ४ बजेतिर दुर्घटनामा परेको थियो । उनीहरु सबै रोजगारीको खोजीमा भारत गइरहेका थिए ।

दुर्घटनामा परेर चालकसहित अन्य ९ जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com