Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

साम्पडोरियामाथि एट्लान्टाको सानदार जित

एजेन्सी । इटालियन सिरी (ए)मा एट्लान्टाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एट्लान्टाले साम्पडोरियालाई ४–० गोेल अन्तरले पराजित गरेको
एट्लान्टालाई सानदार जित दिलाउनको लागि टिउन कुपमाइनर्सले दुई गोल गरे भने मारियो पासालिस र एलेक्से मिरानचुकले समान एक–एक गोल गरे ।

खेलेको छैटौं मिनेटमा पासालिसले गोल गर्दै एट्लान्टालाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा टिउन कुपमाइनर्सले गोल गर्दै एट्लान्टाको अग्रता दोब्बर बनाए
६१औं मिनेटमा टिउन कुपमाइनर्सले नै गोल गर्दै खेल ३–० ले अघि बढाए । मिरानचुकले ८६औं मिनेटमा गोल गर्दै एट्लान्टालाई सानदार जित दिलाए ।
यो जितसँगै एटलान्टा पाँचै स्थानमा यथावत रहेको छ । उसले २६ खेलबाट ४७ अंक जोडेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com