Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी लिएका छन् । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

यस्तै फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा रु ४० हजार र प्रदेशस्तरमा रु सात हजारका दरले दिइने फाउण्डेशनका सचिव लामाले जानकारी दिए ।

यसअघि फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिरहेको थियो । उक्त तीनवटै पुरस्कार जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने फाउण्डेशनका सचिवालय सदस्य भण्डारीले जानकारी दिए ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com