Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

उदयपुरको बेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

४ जेठ, काठमाडौं । उदयपुरको बेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् ।
नगरको मेयरमा एमालेका उम्‍मेदवार दुर्गा कुमार थापालाई ३ हजार बढी मतले कांग्रेसका अशोक कार्की निर्वाचित भएका हुन्

अशोकले १० हजार १२० मत ल्याउँदा दुर्गा कुमारले ६ हजार ९८० मत मात्र ल्याए । यस्तै समाजवादीका महेन्द्रबहादुर राई ८५८, राप्रपाका इन्द्रप्रसाद अधिकारीले ४१८ र मंगोल नेशनल अर्गनाइजेशनका मसिन बहादुर राईले १७९ मत पाए ।

यस्तै नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका मनोज कुमार तामाङलाई हराउँदै एमालेकी जीरा राई निर्वाचित भएकी छिन् । राईले ८ हजार २७६ मत ल्याउँदा तामाङले ७ हजार ४९५ मात्र मत ल्याए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com