Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

मोरङको बुढीगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

कार्तिक,१६काठमाडौं । मोरङको बुढीगंगामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। जहदा गाउँपालिकामा पाइप विष्फोट हुँदा २ जना घाइते भएका हुन्। बुढीगंगा गाउँपालिका–२ मा घर निर्माणका लागि बाँस काट्ने क्रममा विद्युत्को हाइटेन्सन लाइनको तारमा बाँसले छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

विराटनगर महानगरपालिका–६ का ३० वर्षीय राम मण्डलको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले बताएको छ। हिजो दिउँसो करेन्ट लागी घाइते भएका मण्डलको विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। त्यसैगरी, जहदा गाउँपालिका–३ मा रहेको एक उद्योगमा पाइप विष्फोट हुँदा सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com