Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

कामपा वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी

जेठ,२ काठमाडौं । महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार श्रेष्ठले १ हजार ३७७ मत प्राप्त गरेका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुर्यलाल महर्जनले ९६३ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्य पदमा नेकपा एमालेकी पूर्ण लक्ष्मी रजक निर्वाचित भएका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर एकमा पनि नेकपा एमाले विजयी भएको थियो । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ र २ वटा वडाको मात्रै मत गणना सकिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com