Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने

माघ २२ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ । रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए ।

लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरे । सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे । उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश समेत पोखेका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com