Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

दुर्घटनामा ४ महिने शिशुको मृत्यु

२९ चैत, काठमाडौं । भक्तपुरको नलिञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु भएको छ ।
साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२०२१ प ६७६२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको छ ।

घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com