Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

साउन, १५ काठमाडौं । शनिबार प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।
घटनास्थलमा एक जनाको मृत्यु भए पनि उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका यात्रु बोकेको लु ३ च ३५३ नम्वरको जीप फर्कने क्रममा सनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।

घाइते भएका रूपन्देही सिद्धार्थनगर नगरपालिका ४ की ५४ वर्षीय कान्ति कर्ण र मायादेवी-३ का ७० वर्षीय पटवारी कुहारको पनि उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि १५ जना घाईते छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com