Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पोखरामा धनराज ३२६० मतले अगाडि

८ जेठ, काठमाडौं । पोखरा महानगरपालिकामा मेयर उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायम छ । आचार्य एकीकृत समाजवादीका र गुरुङ नेकपा एमालेका उम्मेदवार हुन् ।

आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मत अन्तरले पछि पारेका छन् । एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत पाएका छन् ।

यसैगरी प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २ हजार ६१३ मत पाएका छन्
उपमेयर उम्मेदवार एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाएकी छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com