Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

दाङका पालिकामा काँग्रेसको बर्चस्व, वडामा एमाले बढी

दाङका पालिकामा काँग्रेसले बर्चस्व जमाएको छ भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये काँग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र) ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ ।
दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ ।

घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डिसी विजयी हुनुभएको छ भने तुलसीपुर उपमहानगरको नगर प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् । त्यस्तै काँग्रेसले लमही नगरपालिकासहित राजपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजयी हासिल गरेको छ । यी पालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै जित हात पारेको हो ।

त्यस्तै माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा काँग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताए । दाङमा १० स्थानीय तह छन् ।

वडामा एमाले धेरै
वडामा भने एमालेले धेरै सिट जितेको छ । एकसय वडा रहेको दाङमा एमाले ४० वडाध्यक्ष जित्न सफल भएको छ । त्यस्तै काँग्रेसले ३७ र माओवादी केन्द्रले १९ वडा जितेको छ । त्यस्तै एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक तथा स्वतन्त्रले दाङमा दुई वडा जितेको छ ।

घोराहीमा १३ वडा एमालेले जितेको छ भने पाँच वडा काँग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । तुलसीपुरमा १९ वडामध्ये १० वडा एमालेले, पाँच वडा काँग्रेस, तीनमा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जितेको छ । लमही नगरपालिकामा आठ वडा काँग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । राप्ती गाउँपालिकामा एमालेले चार, माओवादी केन्द्रले दुई, काँग्रेस, जनमोर्चा र एकीकृत समाजवादीले एक÷एक वडा जितेका छन् ।

गढवामा माओवादी केन्द्रले चार, एमालेले दुई र कांग्रेसले दुई वडा जितेको छ । दङ्गीशरण गाउँपालिकामा चार वडा एमालेले जितेको छ भने तीन वडा काँग्रेसले जितेको छ । बङ्गलाचुली गाउँपालिकामा चार वडा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने चार वडा काँग्रेसले विजयी हासिल गरेको छ । बबई गाउँपालिकामा कांग्रेसले चार र एमालेले तीन पालिका जितेको छ ।

राजपुर गाउँपालिकामा माओवादी केन्द्रमा तीन एमाले र काँग्रेसले दुई÷दुई वडा जितेका छन् । शान्तिनगरमा काँग्रेसका तीन, एमालेका दुई, माओवादी र स्वतन्त्रता एकरएक वडाध्यक्ष निर्वाचित भएका छन् । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com