Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने

पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने भएको छ । भोलि अप्रिल एकदेखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले घोषणा गरेको छ ।

झण्डै ५६ हजार कङ्गोली शरणार्थी बुरुन्डीका पाँच वटा शिविरमा छन् । उनीहरुको खाद्य आवश्यकताको लागि कोषको कमीको कारण आधा मात्र सहयोग जाने संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमले भनेको छ । विश्व बैंकले बुरुन्डीलाई प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको आधारमा विश्वको सबैभन्दा गरिब देशको सूचीमा राखेको छ ।

डब्ल्यूएफपीका अनुसार अहिलेसम्म उसले हरेक शरणार्थीलाई दैनिक दुई हजार एक सय किलोग्राम क्यालोरीको आवश्यकता पूरा गर्न शून्य दशमलव ५५ अमेरिकी डलर बराबरको नगद वा खाना प्रदान गरेको छ । डब्ल्यूएफपीका बुरुन्डी प्रतिनिधि हुसेनो तालका अनुसार आउँदो छ महिनाका लागि ५६ हजार शरणार्थीलाई पूर्ण रासन खुवाउन तत्काल ७१ लाख अमेरिकी डलरको आवश्यकता छ ।

रुस–युक्रेन युद्धका कारण डब्ल्यूएफपीले आर्थिक अभाव र खाद्यान्नको बढ्दो मूल्यको सामना गरिरहेको छ । यसै कारण डब्ल्यूएफपीले बङ्लादेशमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती गरिसकेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com