Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

जेठ, ३२ काठमाडौं । श्रीमानको कुटपिटबाट घाइते भएकी दलित वडा सदस्यको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको छ।

उनका ४८ वर्षीय श्रीमान शम्भु विकले जेठ २९ गते मापसे गरी कुटपिट गर्दा ज्ञानु गम्भीर घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपाने अनुसार प्रहरी घटनास्थलमा पुग्दा शम्भु नसामै थिए। श्रीमती ज्ञानुलाई शम्भुले हात-खुट्टा बाँधेर कुटेका थिए। त्यसपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी अस्पताल पठाएको थियो।

‘उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो,ʼ उनले भने, ‘आज बिहान उनलाई अस्पतालले मृत घोषणा गरेको हो।ʼ

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com