Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पुतलीबजार र गल्याङमा वृद्ध भत्ता घर–घरमै

स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो ।

नगरस्थित बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर वितरण गर्ने तयारी गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । “वृद्ध भत्ता बुझ्न गाउँगाउँबाट बजारमा रहेका बैंकमा आउँदा वृद्धवृद्धालाई झनै सास्ती भएको गुनासो आउने थालेपछि बैकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरुनै घर–घरमा पुगेर वितरण गर्ने तयारी गरेका हौँ”, उनले भने । नेपाली काँग्रेसबाट विजयी भएका प्रमुख भट्टराईले आफ्नो चुनावी घोषणापत्रमा घर–घरमै वृद्धभत्ता दिने उल्लेख गरेका थिए । घोषणापत्रमा उल्लेख गरे बमोजिम नै बैंक तथा वित्तीय संस्थाहरुको समन्वय र सहकार्यमा कार्यान्वयनमा अगाडि बढेको उनले बताए ।

त्यस्तै पुतलीबजार नगरपालिकाले पनि वृद्धवृद्धालाई बैँकसम्म आएर वृद्ध भत्ता बुझ्नुपर्दा समस्या भएको भन्दै घरमै पुगेर वितरण गर्ने तयारी थालेको छ । ग्रामीण भेगदेखि बजारमा रहेको बैँकसम्म आउँदा जाँदा सवारीसाधनको समस्या र बैंकमा आएर लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि घरमै पुगेर वितरण गर्ने तयारी गरेको नगरप्रमुख तुल्सीराम रेग्मीले बताए । घरमै पुगेर वितरण गरेपछि समय र खर्चमा पनि वचत हुनाका साथै सहज हुने भएकाले घरबाटै वितरण गर्ने तयारी थालिएको उनले जानकारी दिए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com