Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भन्ने व्यक्ति समातिए

काठमाडौं २५ वेशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुलाई जुत्ता हान्छु भन्ने व्यक्ति समातिएका छन्।
सामाजिक सञ्जालमा प्रचण्डलाई जुत्ता हान्छु भन्दै स्टेटस लेख्ने दाङको तलुसीपुर उपमहानगरपालिकाका –५२ वर्षीय यज्ञबहादुर बुढा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिएका छन।

‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ’ भन्ने प्रचण्ड दाङ आए जुत्ता हान्ने भन्दै उनले स्टेटस लेखेका थिए। उनले आफू पत्रकार भएको बताए पनि पत्रकार हो/होइन भन्ने पुष्टि भइनसकेको एसपी काफ्लेले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com