Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

नेपाली सेनाको गणभित्रै गोली चल्दा सैनिक जवान गम्भीर घाइते

काठमाडौं ८ वैशाख । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणमा कार्यरत सैनिक जवानलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।

गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह( १ कि २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा हिजो राती लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएको थियो।

बुटवलमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो।

बुधबार साँझ ७ बजेतिर भएको उक्त घटनापछि उनको छाती र पेटमा दुई वटा गोली लागेको छ।
सैनिक स्रोतले राजवंशी आफैंले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाईएको छैन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com