Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

याैन शाेषण मुद्दामा दाेषी ठहर भएका व्यक्तिकाे सजाय माफ गरेकाेमा हङ्गेरीकी राष्ट्रपतिद्वारा राजीनामा

काठमाण्डौ – हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिनुभएको छ । बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

एक सरकारी बालगृहका निर्देशकमाथि लागेको यौन शोषणको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने व्यक्तिको सजाय राष्ट्रपतिले माफ गरेको कुरा गएको हप्ता सार्वजनिक भएको थियो । राष्ट्रपतिको यो निर्णयलाई लिएर हङ्गेरीमा प्रदर्शन भइरहेको थियो र राष्ट्रपतिको राजीनामाको माग भइरहेको थियो ।

राष्ट्रपति नोभाकले टीभीमा लाइभ आएर आफ्नो निर्णयप्रति खेद प्रकट गर्नुभयो र सजाय माफ दिएर आफूले गल्ती गरेको बताउनुभयो । सजाय माफको निर्णयलाई अनुमति दिने तत्कालीन कानुनमन्त्री जुडित वारगाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावका लागि अभियानबाट हट्ने घोषणा गर्नुभएको छ ।

गएको वर्ष इसाई धर्मगुरु पोप फ्रान्सिस हङ्गेरी आउँदा राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गर्नुभएको थियो । त्यो सूचीमा परेका बालगृहका निर्देशकलाई यौन शोषण मुद्दामा आठ वर्षको सजाय सुनाइएको थियो । यस्तै बालगृहका उपनिर्देशकलाई तीन वर्षको सजाय सुनाइएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com