Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

प्रियंका र निकले छोरीलाई एनआइसियूबाट सय दिनपछि घरमा ल्याए

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनसले आफ्नी छोरी मालती मेरी चोपडा जोनासलाई सय दिनपछि घरमा ल्याएका छन्।

जन्मिँदै स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूले आफ्नी छोरीलाई एनआइसियू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा राखेका थिए।

छोरीलाई घरमा ल्याएपछि उनीहरूले मातातीर्थ औंसी मनाएका छन्। उनीहरूले सामाजिक सञ्जालमा छोरीको पहिलो तस्बिर पोस्ट गरेका छन्। तर उनको अनुहार सेतो हार्ट इमोजीले लुकाइएको छ।

प्रियंकाले लामो स्टाटस लेख्दै छोरी मालती अपरिपक्व जन्मिएको र उनलाई एनआइसियूमा सय दिन राखिएको उल्लेख गरेकी छन्।
‘प्रत्येक परिवारलाई कुनै न कुनै किसिमको यात्रा गर्नुपर्ने हुन्छ। हाम्रो लागि पनि केही महिना चुनौतीपूर्ण थियो। बच्चाको जुनसुकै हलचल कति महत्वपूर्ण हुने रहेछ। हामी हाम्रो छोरीलाई घर ल्याउन पाउँदा एकदमै खुशी छौं र मालतीको ख्लाल गर्ने चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार। अब हाम्रो जीवनको अर्को अध्याय सुरू भएको छ,’ उनले इस्टाग्राममा लेखेकी छन्।

प्रियंकाको उक्त पोस्ट निकले पनि आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन्। उनले आफ्नी पत्नीलाई उत्कृष्ट आमाको सम्बोधन गरेका छन्।
गत माघमा उनीहरूले सरोगेसीका माध्यमबाट छोरीलाई जन्म दिएका हुन्। उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएका थिए।

छोरी जन्मेको खबर पनि उनीहरूले निकै समयपछि मात्र सार्वजनिक गरेका थिए।
निक र प्रियंकाका निकटहरूका अनुसार उनीहरूले आ(आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका हुन्। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी उनीहरूले बीचको नाम ९मिडल नेम० का रूपमा राखेको उनीहरूले जनाएका छन्।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार मालती संस्कृत शब्द हो जसको अर्थ वासनादार फूल र चन्द्रमा भन्ने लाग्छ। त्यस्तै फ्रेन्च शब्द मेरीको अर्थ समुद्रको तारा भन्ने हुन्छ। छोरीको थरमा आमा र बाबु दुबैको चोपडा र जोनास राखेको बताइएको छ।

निक र प्रियंकाले सन् २०१८ मा बिहे गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। उनीहरूको भेट सन् २०१७ को ‘मेट गाला’ मा भएको थियो।

यसलगत्तै सन् २०१८ अगस्टमा उनीहरूको इंगेजमेन्ट भएको थियो भने त्यही साल डिसेम्बरमा उनीहरूले क्रिस्चियन र पन्जाबी परम्परा अनुसार बिहे गरेका थिए।
प्रियंका हालै हलिउड फिल्म ‘द म्याट्रिक्स रिसरेक्सन्स’ मा सतीको भूमिकामा देखिएकी थिइन्। फिल्ममा उनको भूमिका छोटो भए पनि महत्वपूर्ण थियो। उनी आफ्ना श्रीमान तथा देवरहरूको समूह ‘जोनास ब्रदर्स’ का गीतका भिडिओहरूमा पनि खेलिरहेकी छन्।
प्रियंका अब अमेजनको सिरिज ‘सिटाडेल’, हलिउड फिल्म ‘टेक्स्ट फर यु’ का साथै बलिउड फिल्म ‘जी ले जरा’ मा देखिँदैछिन्। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com