Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमती बीबीको विवाह अवैध ठहर

 

काठमाण्डौ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको हो ।

बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई सात वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफूलाई धोका दिएको आरोप लगाउदै आएका छन् । 

बुशरासँग खानले प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै विवाह गरेका थिए । बुशराले पूर्वपतिसँग सम्बन्धविच्छेद पछि तोकिएको समय नपुग्दै खानसँग विवाह गरेर कानुनको उल्लङ्घन गरेको अदालतको ठहर छ ।

मुस्लिम कानुन अनुसार महिलाले श्रीमान्को निधन भएको वा सम्बन्ध विच्छेद गरेपछिको निश्चित समयसम्म पुनर्विवाह गर्न पाउँदैनन् । ७१ वर्षका पूर्व प्रधानमन्त्री खानले यसअघि नै जेल सजाय भोगिरहेका छन् । राज्यलाई प्राप्त उपहार बेचेको आरोपमा अदालतले खान दम्पतीलाई यसअघि नै १४ वर्षको जेल सजाय सुनुाइसकेको छ ।

यस्तै अदालतले महत्वपूर्ण सूचना बेचेको आरोपमा खानलाई १० वर्ष जेल सजाय सुनाएको छ । त्यस अघि नै खान अर्को मुद्धामा तीन वर्षको जेल सजाय भोगिरहेका थिए । अब खानको जेल सजाय ३४ वर्ष पुगेको छ । पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध एक पछि अर्को सजाय तोकेर सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com