Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपाल आज पाकिस्तानसँग खेल्दै

  

काठमाण्डौ – दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको पाकिस्तानसँग खेल्न लागेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

नेपालले १९ वर्ष मुनिको विश्वकपमा यसअघि पाकिस्तानलाई एउटा खेलमा हराइसकेको छ । सन् २००२ मा न्युजिल्यान्डमा आयोजित विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

यू–१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यो समूहमा नेपाल, न्युजिल्यान्ड , पाकिस्तान र अफगानिस्तान रहेका छन् । आजै श्रीलंका र नामिबीया तथा वेस्ट इण्डिज र स्कटल्याण्डबीचको खेल पनि हुँदैछ । सबै खेल दिउँसो पौने २ बजे शुरु हुनेछ ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com