Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

भारतमा आन्दोलनरत किसान सङ्गठनले केन्द्र सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् । हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गरेर किसान सङ्गठनले केन्द्र सरकारले गरेको पाँच बालीमा मात्र न्यूनतम समर्थन मूल्य दिने प्रस्ताव अस्वीकार गरेको हो ।

अस्ति शनिवार किसानसँगको वार्तामा केन्द्र सरकारले पाँच बालीमा न्यूनतम समर्थन मूल्य दिने प्रस्ताव गरेको थियो तर त्यसका लागि किसानले भारतीय राष्ट्रिय कृषि सहकारी बजार महासङ्घ र भारतीय कपास कर्पोरेशनसँग पाँच वर्षे सम्झौता गर्नुपर्ने सर्त राखेको बीबीसी हिन्दीले जनाएको छ ।

पत्रकार सम्मेलनमा किसान नेता जगजितसिंह डल्लेवालले सबै किसानसँगको छलफलपछि सरकारको प्रस्तावलाई किसान सङ्गठनले अस्वीकार गरेको बताउनुभएको छ  ।

उहाँका अनुसार किसानहरूले २३ वटा बालीमा न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था कानुनमै उल्लेख गर्नुपर्ने माग गरिरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com