Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

चार घन्टापछि खुल्यो पहिराले अवरूद्ध पृथ्वी राजमार्ग

पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग करिब चार घन्टापछि खुलेको छ।

बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरूद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो। पहिराका कारण पूर्ण रूपमा अवरूद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाध रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरूद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com