अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग : प्रकाश रसाइली
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग गरेका हुन ।
कांग्रेस केन्दीय समितिको बैठकमा बोल्दै नेता रसाइलीले अर्थमन्त्रीबाट शर्मालाई हटाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।
अर्थमन्त्रालय चलाउने विषयमा सिक्न पनि चाहेनन् जनार्दन शर्माले बैठकपछि नेता रसाइलीले भने हटाउन मैले माग गरेको हुँ ।
हटाउन माग गरेपछि अर्थमन्त्री शर्माले राजिनामा दिने विश्वास पनि आफूलाई रहेको उनले सुनाए । ‘नभए प्रधानमन्त्रीले गठबन्धनमा छलफल गरेर हटाउनुपर्छ।
आफू चुनावमा गठबन्धन गर्न नहुने पक्षमा रहेको बताए ।
‘कांग्रेस एक्लै लडेर चुनाव जितेको इतिहास र जनमत छ उनले भने, ‘म कसैसँगको चुनावी गठबन्धनको पक्षमा छैन् ।