Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता कार्यकर्तासँग मिल्न सकिने:प्रचण्ड

जेठ,१४ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता कार्यकर्तासँग मिल्न सकिने बताएका छन् ।

शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, यो (केपी ओलीको) अहंकार यति धेरै धम्स नहुने हो भने अरु सबै एमालेका नेता कार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।

तर, केपी ओलीकै व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ । प्रचण्ड भन्छन, ‘उहाँ ले जस्ता शक्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।

नेकपाको वैभवमा प्रधानमन्त्री बनेका ओलीले नेकपा एकता भंग भएर नयाँ गठबन्धन बनेपछि, राष्ट्रिय सभाको चुनाव भएपछि, बार एसोशिएसनको चुनाव भएपछि अझ स्थानीय तहको चुनाव भएपछि चेत्लान भन्ने आफूले ठानेको तर, त्यस्तो महसुस विल्कुल नहुने गरी प्रस्तुत भएको प्रचण्डले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com