Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

२६० ग्राम सुनसहित ३ जना यात्रु पक्राउ

जेठ, २८ काठमाडौं । कुवेतबाट लुकाएर ल्याइएको २६० ग्राम सुनसहित ३ जना यात्रु पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जजिरा एयरलाइन्स हुँदै काठमाडौँ आएका ३ जना यात्रुबाट २६० ग्राम सुनसहित आज पक्राउ गरेको हो ।

कार्यालयले प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई आज पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूले पाइन्टको भित्री भागमा सुन लुकाएर बाहिरबाट सिलाएका थिए । विमानस्थलमा ओर्लेपछि चेकजाँच गर्ने क्रममा सुन भेटिएपछि थप अनुसन्धानका लागि पक्राउ गरेको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com