Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

इजरायली संस्थाहरुमा साइबर चुनौती बढ्यो

काठमाण्डाै – इजरायलको राष्ट्रिय साइबर निर्देशनालयले इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ । अमेरिकी कम्प्युटर नेटवर्क कम्पनिले निर्माण गरेको भीपीएन रिमोट ह्याकरको पहुँचमा फेला परेको निर्देशनालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

हिजो मात्रै साइबर आक्रमणका दुई वटा जोखिम पत्ता लागेकाले सुरक्षित इन्टरनेट सुविधाबारे चासो दिइएको खबरमा उल्लेख छ । ह्याकरको पहुँचमा त्यहाँको इन्टरनेट प्रणाली परेसँगै हजारौँ सङ्गठनको स्वामित्वमा रहेको झण्डै ३० हजार सञ्जाललाई प्रत्यक्ष चुनौती देखिएको छ । निर्देशनालयले संस्थाहरूलाई आवश्यक सुरक्षा अपडेटहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com