Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

काठमाण्डाै महानगरले सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक राख्ने

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर काठमाण्डाै महानगरले दाेभासे राख्न लागेकाे हाे। 

‘नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,’काठमाण्डाै महानगरपालिका सामाजिक समिति संयोजक रामकुमार केसीले भन्नुभयो ।

उहाँका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरकाे सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस्ताे किसिमको व्यवस्था गर्न लागिएको हो ।  रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com