ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

चैत्र,५ काठमाडौं । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।