Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

श्वेतपत्र जारी गर्दै वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकाले महानगरको वस्तुस्थितिबारे नगवासीलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने भएको छ । महानगर प्रमुख राजेशमान सिंहले नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेपछिको महानगरको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको जानकारी दिए ।

श्वेतपत्रमा महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाको वर्तमान अवस्थालगायत विषय समावेश गरिनेछ । श्वेतपत्रले महानगरको यथार्थ चित्रण गर्ने र उक्त अवस्थालाई सुधार्दै नगरवासीको चाहनाबमोजिम काम गर्न सहज हुने उहाँको भनाइ छ । महानगरको शैक्षिक, सामाजिक र पूर्वाधार विकासको अवस्था श्वेतपत्रमा समेटिने छ ।

जिसस पर्साको नयाँ नेतृत्व जेठ २७ मा

जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २७ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिका बमोजिम नेतृत्व चयनका लागि जेठ २७ गते मतदान हुने र सोही दिन मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नौ सदस्य जिल्ला समन्वय समितिमा सभापति, उपसभापति, तीनजना महिला सदस्य, दलित वा अल्पसङ्ख्यक मध्येबाट एकजना र तीनजना अन्यबाट सदस्यमा निर्वाचित हुने व्यवस्था छ । जिल्लामा कुनै एक राजनीतिक दलको स्पष्ट बहुमत छैन ।

नेपाली काँग्रेसको पालिकाको प्रमुख र उपप्रमुखसहित १२ मत छ भने नेकपा (एमाले) १०, जनता समाजवादी पार्टी (जसपा) को ५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक छ । अन्य दलभन्दा काँग्रेस बलियो देखिएको छ । तर नेतृत्वका लागि जनता समाजवादी पार्टी निर्णायक देखिन्छ ।

समन्वय समितिको नेतृत्वका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरप्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् भने समितिमा पालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधि उम्मेदवार बन्न पाउने व्यवस्था छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com