Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

हुम्लामा छोटो तथा लामो दुरीका लागि नयाँ भाडादर निधारण

हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ । हुम्लामा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेकोे हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायिक संस्था लगायतकाको उपस्थितिमा बसेको बैठकले सडक सञ्जालसँग नजोडिएको हुम्लामा बाटो इजाजत पत्र बिना गाडी सञ्चालन भइरहेको र मनपरी भाडा असुल्ने कार्य भएको भन्दै यो निर्णय गरेको हो । यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतको परिपत्र अनुसार यो व्यवस्था गरिएको हो ।

सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ । अदानचुलीको गल्फागाड देखी श्रीनगर बजार सम्म ८०, ताँजाकोटको कवाडीदेखि मैला–छपे्रला–चाखुरेसम्म ८८, पैमादेखि सिरुपाटा–गोठेलवाडासम्म ८८ र लयाटा–काडागाउँसम्म ५६ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै छप्रेलादेखि नैकालासम्म ३२, खच्चादेखि भुज्माधारासम्म ४०, सरिसल्ला मैला कवाडी ३१२, सरिसल्ला पिप्पलाङ ४०, लोती–मुगु सिमानासम्म २१६ तथा सरिसल्ला–सर्केगाड ८० रुपैयाँ कायम गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com