Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रकेट लञ्चर विस्फोट, एकै परिवारका आठ जनाको ज्यान गयो

 

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् ।

ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् ।

बालबालिकाले रकेट लञ्चर खेतमा फेला पारेर घरमा लगेको र हिजो विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घाइते भएकाको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com