Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गोकुलगंगा गाउँपालिका, अध्यक्षमा नेपाली कांग्रेसका काजीबहादुर खड्का निर्वाचित

जेठ,२ काठमाण्डौ। रामेछापको गोकुलगंगा गाउँपालिका, अध्यक्षमा नेपाली कांग्रेसका काजीबहादुर खड्का निर्वाचित भएका छन् ।

सोमबार सकिएको मत गणनामा खड्काले ६ हजार ९३ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत पाएका छन् भने एकीकृत समाजवादीका रुद्रप्रसाद फुँयालले २६३ मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसकै उषादेवी कार्की ५ हजार २५३ मतका साथ निर्वाचित भएकी छन् । एमालेकी राधिका श्रेष्ठले ४ हजार ६८६ र माओवादी केन्द्रका विष्णुबहादुर कार्कीले ११६७ मत पाएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com