Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मेसीले पिएसजी छाड्ने पक्का

फ्रेञ्च क्लब पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले लिओनल मेसीले सिजनको अन्त्यमा आफ्नो सम्झौता समाप्त भएपछि क्लब छाड्ने पुष्टि गरेका छन्।

गोल डटकमका अनुसार यो सिजनको अन्त्यमा अर्जेन्टाइन फरवार्ड मेसीले सम्झौता सकिएसँगै क्लब छाड्ने पुष्टि भएको हो। 

साउदी अरेबिया जाने चर्चाका बीच मेसी र पिएसजीबीचको सम्झौता नवीकरण नहुने पुष्टि भएको हो। 

मेसी दुई वर्षअघि स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजीमा आबद्ध भएका थिए। फेरि उनी बार्सिलोना जाने चर्चा भए पनि आर्थिक कारण सम्भावना छैन। 

मेसीले क्लब छाड्ने बारे गाल्टियरले भने, ‘मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएको छु। मेसीको पिएसजीका लागि अन्तिम खेल जुन ३ मा हुनेछ।’

मेसीले यो सिजन फ्रेञ्च लिग वानमा १६ गोल र १६ असिस्ट गरेका छन्। २०२२ को अन्त्यमा कतारमा फिफा विश्वकप जितेका मेसीको नयाँ गन्तव्य साउदी अरेबिया हुने आँकलन गरिएको छ। मेसी र साउदी क्लब अल हिलालबीच सम्झौताका लागि छलफल भइरहेको बताइएको छ। 

मेसी साउदी गएमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँग फेरि आमनेसामने हुनेछ। रोनाल्डो गत सिजन साउदी क्लब अल नासरमा आबद्ध भएका थिए। 

केही महिनाअघि साउदीमा व्यक्तिगत भ्रमणमा गएका मेसीलाई बिनास्विकृति गएको भन्दै पिएसजीले दुई साता निलम्बन गरेको थियो। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com