Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भ्रमपूर्ण आरोप विरुद्ध कानुनी लडाइँमा जाने उपाध्यक्ष डा. ल्हारक्याल लामा

साउन २२ काठमाडौं– लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूले जिम्मेवारी पाएकाबेला नै विभिन्न गिरोहले आफूविरुद्ध लान्छना लगाउने र मिडिया संगठित रुपमा सक्रिय हुने गरेको बताएका छन्।

उनले केही वर्षयता आफूलाई राज्यले जिम्मेवारी दिएका बेला नै आफूविरुद्ध हुँदै नभएका आरोप लगाउने काम हुने गरेको बताएका छन। आइतबार कोषको उपाध्यक्षमा नियुक्त भएका लामाले सोमबार पत्रकार सम्मेलन गर्दै लुम्बिनीको विकासका लागि आफू योग्य भएकाले राज्यले जिम्मेवारी दिएको दाबीसमेत गरेका हुन।

हुँदै नभएको र गर्दै नगरेको अपराधमा कानुनबाट मुक्त भइसक्दासमेत मिडियाले संगठित रुपमा आफूविरुद्ध विभिन्न आरोप तथा लान्छना लगाउने गरेको गुनासो लामाले गरे।

पत्रकार सम्मेलनमा उनले भने, ‘विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहिबेला म विरुद्ध यस्ता लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरू एउटै जमात छन् उनले भने।

लुम्बिनीको विकास र यसको अन्तर्राष्ट्रिय पहुँच तथा पहिचान विस्तारका लागि आफूलाई योग्य ठानेर जिम्मेवारी दिइएको भन्दै लामाले सरकारलाई धन्यवादसमेत दिएका छन्। मिडियाले आफ्नो चरित्र हत्या गरेकाले त्यस्ता भ्रमपूर्ण आरोप विरुद्ध कानुनी लडाइँमा समेत जाने लामाले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com