Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

११ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु छ ।
पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएङ्को छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर कटुवाल गम्भीर घाइते भएका छन् । मृतक र घाइते श्रीमान् श्रीमती भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताए ।

दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीय वासिन्दाले बिहान ९ बजेदेखि १ बजेसम्म ढकेरीमा प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com