Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बाबुराम भट्टराई भन्छन्- मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थल जाँदा प्रश्न उठ्छ

facebook sharing button

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्।

डा. भट्टराईले त्यसरी जाँदा राजनीतिक हुने टिप्पणी गरेका हुन्। ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ उनले फेसकुकमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ!’

यता प्रधानमन्त्रीको सचिवालयले भ्रमण विशुद्ध अवलोकनका लागि भएको बताएको छ।पछिल्लो समय संस्कृति, पर्यटनमन्त्री सुदन किराती आफैँ सक्रिय भएर पाशुपत परिसरमा नियमित सरसफाइ गर्दै आएका छन्। पशुपति क्षेत्रको सफाइलाई अभियानकैरूपमा अघि बढाउने उनको अठोट छ।

त्यसका अलावा पशुपतिभित्रका बेथिति हटाउने र पशुपति क्षेत्र विकास कोषलाई उत्तरदायी बनाउने कार्यमा सरकार उत्तिकै क्रियाशील रहेकाले प्रधानमन्त्री निरीक्षणका लागि गएको सचिवालयको भनाइ छ। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com