Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

एमाले को सचिवालय बैठक पार्टी कार्यालयमाा जारी

फागुन,२५ काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक जारी छ। ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा अहिले बिहान साढे ९ बजेदेखि सचिवालय बैठक बसिरहेको छ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो।

‘मुख्यतः पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका हौं,’ उनले भने त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ। यसबारे पनि सचिवालय बैठकमा छलफल हुने प्रदीप ज्ञवालीले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com