Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

२ अर्ब लगानीमा ‘फ्रेन्च फ्राइज’ उद्योग खुल्दै

३० चैत, काठमाडौं । रुपन्देहीको फर्साटिकरमा आलु चिप्स उद्योग निर्माण प्रक्रिया अघि बढेको छ । फ्रेन्च फ्राइजसहित आलुबाट बन्ने दर्जन बढी परिकार नेपालमै उत्पादन गर्ने गरी फर्स्ट च्वाइस फुड्स उद्योग सञ्चालनमा आउन लागेको छ ।

उद्योगमा साढे २ अर्ब लगानी लागेको एकजना सञ्चालक एवम् आलु बालीविज्ञ श्यामपसाद ढकालले बताएका छन ।
‘नेपालमा माग हुने सबै प्रकारका आलुको परिकार उत्पादन गर्ने गरी उद्योगको स्थापना थालिएको छ, आगामी दशैंअघि उद्योगले उत्पादन थाल्नेछ,’ ढकालले भने ।

उद्योगले पहिलो चरणमा फिंगर चिप्स उत्पादन गर्नेगरी काम गरिरहेको छ । त्यसपछि आलुका अन्य चिप्स लगायतका परिकारहरु उत्पादनमा ध्यान केन्द्रित हुने ढकालले बताए ।

नेपालमा वार्षिक २ देखि ५ अर्बसम्मको आलुका फ्रेन्च फ्राइज तथा अन्य परिकार आयात हुने गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com