Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

टाइफूनको उच्च जोखिम भन्दै २० लाख मानिसलाई घर छाड्न जापान सरकारको आग्रह

जापान सरकारले टाइफूनको उच्च जोखिममा रहेको भन्दै क्युशू क्षेत्रका घर खाली गर्न नागरिकलाई आग्रह गरेको छ।
त्यस क्षेत्रका करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा जान सरकारले आग्रह गरेको बीबीसीले जनाएको छ। क्युशू क्षेत्रमा जुनसुकै बेला आँधी आउन सक्ने जापानको मौसम विज्ञान संस्थाले जनाएको छ।

आँधी २ सय ५० मिलोमिटर प्रतिघण्टाको रफ्तारमा आउने संस्थाको प्रक्षेपण छ। आँधीसँगै आउने मुसलधारे वर्षाका कारण त्यस क्षेत्रमा बाढी र पहिरो जाने भएकाले रेल्वे सेवा समेत बन्द गरिएको छ।

‘अप्रत्याशित रुपमा शक्तिशाली आँधीसँगै मुसलधारे वर्षाको सामना यस क्षेत्रले गर्नुपर्नेछ,’ संस्थाले भनेको छ।
क्युशू जापानको दक्षिणी क्षेत्रमा पर्छ। जापानको उत्तर पूर्वी क्षेत्र हुँदै मध्य टोकियोमा पनि टाइफून आँधी आउनसक्ने मौसम विज्ञान संस्थाले बताएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com